बलिउड अभिनेत्री सन्नी लियोनीले अभिनय गरेको नेपाली फिल्म ‘पासवर्ड’ को गीत सार्वजनिक भएको छ । ‘आजको साम’ बोलको गीतमा सन्नीले ठुम्का लगाएकी छन् । फिल्म ‘पासवर्ड’ मा समावेश गीतमा सन्नीसँग कलाकार विक्रम जोशी पनि प्रस्तुत छन् । गीतमा अनुपबिक्रम शाहीलाई फिचर्ड गरिएको छ । अर्जुन पोखरेलको संगीत र दुर्गा खरेलको स्वर सुन्न सकिन्छ । विक्रम जोशीकै शब्द लेखन रहेको गीतमा बिष्णुदेवाले कोरियोग्राफी भरेका छन् ।

निक्कै प्रतिक्षित रहेको गीतमा ५ करोडको लगानी लागेको बताइएको छ । सिमा गुरुङको कथामा निर्मित फिल्मलाई सम्राट बस्नेतले निर्माण गरेका हुन् । फिल्ममा सन्नीसँगै अनुपबिक्रम शाही, विक्रम जोशी, बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, परी राणा, विक्रम बस्नेत, लिजा सुनार, छुल्ठिम गुरुङ लगायतको अभिनय छ ।एबी इन्टरनेशनलको ब्यानरमा निर्माण भएको सिनेमालाई हिरल जोशी र अमित बस्नेतले मिलेर निर्माण गरेका हुन् । अकिंत गौतम कार्यकारी निर्माता रहेको सिनेमामा अजित के थापा सहनिर्माताको रुपमा रहेका छन् ।

For More videos Log on to Mazzako TV