नायक पल शाह र नायिका आँचल शर्माको जोडी हिट जोडी हो । चलचित्रमा सङ्गै डेब्यु गरेका यी दुई चलचित्र हुदै म्युजिक भिडियोमा हिट छन् र यी दुईलाई सधै सङ्गै हेर्न चाहने दर्शकको जमात पनि ठूलै छ अझ भनत यी दुईका फ्यान प्रशस्तै छन् । पल र आचँलले बिकासराज आचार्यको चलचित्र नाई नभन्नु ल ४ बाट सङ्गै डेब्यु गरेका हुन् ।

पहिलो चलचित्र बाट नै यी दुई दर्शकको प्रिय बने । नाई नभन्नु ल ४ पछि फेरि यी दुईलाई जोनी जेन्टलमेनमा सङ्गै देखियो र उनीहरू म्युजिक भिडियोहरूमा पनि सँगै देखिन थाले । महसन्चारको चलचित्र शत्रुगतेमा पनि यी दुई नै अटाए । दुईको प्रेमको चर्चा पनि खुबै हुन थाल्यो । चलचित्र शत्रुगतेको टिमले उनीहरूलाई आँप जोडीको संज्ञा दिए र उनीहरू आँप जोडीको रूपमा झनै चर्चित भए । यी दुईको सहकार्यका प्राय चलचित्र र म्युजिक भिडियो सफल छन् । प्रेम सम्बन्ध बारे धेरै नै हल्ला हुन थालेपछि उनीहरु छुट्टिएर काम गर्न थाले ।

शत्रुगते पछि आँचलले पुष्प खड्का सँग दाल भात तरकारीमा काम गरिन् भने पलले मिलन चाम्सको फिल्म बिरबिक्रम २ मा बर्षा शिवाकोटी सङ्ग काम गरे । तर उनीहरूको छुटले न त दर्शकलाई सन्तुष्ट बनाउन सक्यो न त चलचित्रको निर्मातालाई । दुवैले छुट्टिएर गरेको काम खल्लो लागेको दर्शकको भनाई छ । अहिले त यी दुई म्युजिक भिडियोमा पनि सङै कमै देखिन थालेका छन् तर उनीहरूका फ्यान भने आँप जोडीलाई सङ्गै हेर्न खोजिरहेका छन् ।

आँप जोडिको क्रेज उनीहरु छुट्टिएर काम गर्न थाले पछि उस्तै रहने त अवश्य हुदैन । उनीहरूको चलचित्रले पनि दर्शकको सोचे अनुरूप साथ पाएन । कतै दर्शकले पल र आचँललाई सङ्गै खोजिरहेका त हैनन् रु

For More videos Log on to Mazzako TV