अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले अभिनय गरेका फिल्ममा उनको भूमिका रोमान्टिक अवतारमा छ । उनले जती पनि फिल्ममा काम गरिन्, सबैमा उनी रोमान्टिक अवतारमा नै छिन् । यसपटक भने उनलाई निर्मात्री पूनम गौतमले फरक भूमिका दिएकी छिन् ।

यसैले पनि सिनेमाको छायांकन गर्ने बेलामा साम्राज्ञी डराएकी थिइन् । साम्राज्ञीका अनुसार, केही दृश्यहरु यस्ता थिए जसमा उनी डराएकी थिइन् । उनका अनुसार, उनले ती भूमिका आफूले गर्न सक्छु या सक्दिन भनेर मेसो पाएकी थिइनन् । तर, निर्मात्री पूनम गौतमले सक्छौ भनेपछि उनी काम गर्न राजी भइन् ।

सिनेमाको जाम्न माया जाम गीत रिलिज कार्यक्रममा पनि यो गीत गर्दा आफूलाई लाज लागेको बताइन् । साम्राज्ञी यो फिल्मबाट उत्साहित र आशावादी दुबै छिन् । भदौ १३ गते यो फिल्म रिलिज हुँदैछ ।

For More videos Log on to Mazzako TV