चलचित्रका नायक नायिका चलचित्र भन्दा नि म्युजिक भिडियोमा नै ब्यस्त हुन थालेका छन। हुन त प्राय नायक नायिका म्युजिक भिडियोमा मोडलिङ गर्दै चलचित्र क्षेत्रमा प्रबेश गरेका छन त्यसैले होला उनिहरु म्युजिक भिडियोको अफरलाई हत्तपत्त नकार्दैनन। तर जब उनिहरुले अभिनय गरेको चलचित्रको गीत म्युजिक भिडियो सँग सङै आउछ तब पक्कै दर्शक झुक्किन्छन नै।

कुरा गरौ नायक पुष्प खड्काको। म्युजिक भिडियोमा मोडलिङ गरेरै चलचित्र “दर्पण छाया २ ” बाट नेपाली रजतपटमा डेब्यु गरेका हुन उनले। राम्रो ब्यानर र टिम सँग काम गर्दै आफुलाई इस्थापित गरिरहेका पुष्प नवल नेपालको चलचित्र मारुनिमा मुख्य भूमिकामा देखिदैछन। चलचित्रमा उनी अहिलेकी हट नायिका साम्राज्ञीसँग पहिलो पटक देखिदैछन।

चलचित्रको गीत पनि केही दिन मै सार्वजनिक हुनेवाला छ। तर सार्वजनिक हुने गीत चलचित्रको गीत हो या म्युजिक भिडियो, दर्शक कन्फ्युस हुन सक्छन किनकी पुष्प अभिनित गीत प्राय जसो सबै दिन युटुबमा रिलिज हुने गर्छन्। उनी अभिनित दुई गीत त युटुबको ट्रेन्डिङमै पनि छ। यसले गर्दा दर्शक कन्फ्युस हुन सक्छन।

चलचित्रको गीत रिलिज हुने बेला म्युजिक भिडियोमा देखिदा कलाकार र फिल्म युनिटलाई घाटा हुने कुरा त प्राय फिल्मकर्मिको मुखबाट सुन्दै आएको कुरा हो। कयौ म्युजिक भिडियो र केही चलचित्रमा पनि काम गरेका पुष्पले यो कुर किन नबुजेका हुन? म्युजिक भिडियो र चलचित्रका गीत आ आफुमै बिशेष छन। चलचित्र गर्नेले म्युजिक भिडियो गर्न नहुने भन्ने हैन तर एक सँग अर्को नजुधाउने कि ?

For More videos Log on to Mazzako TV