बिर बिक्रम २ बर्षालाई फापेको हो ?
नायिका वर्षा शिवाकोटी चलचित्र विरविक्रम २ चलेपछि निकै खुल्न र रमाउन थालेकी छिन्। सोसियल मिडियामा एक्टिभ नायिका शिवाकोटीले आफु कसैको पर्खाईमा रहेको जनाउँदै फोटो सेयर गरेकी छिन्। चलचित्र विरविक्रम २ ले अत्याधिक सफलता नपाए पनि वर्षाको सो चलचित्र फापेको देखिन्छ।

रिजर्भ नायिकामा गनिने उनि एक्सप्रेसिभ र एक्टिभ हुन खोज्दैछिन्, सोसियल मिडिया मार्फत। केहि समय अगाडि रहर छʼ भन्दै सारीमा खिचेको फोटो उनले फेसबुक र ईन्टाग्राममा सेयर गरेकी थिइन् र अहिले फेरि कसैको पर्खाईमा आफू रहेको भन्दै सारी लगाएकै फोटो सेयर गरेकी छिन्। अझ पुलती राख्दै त्यो पर्खाईले पुतली दिएको, काउकुती लगाएको भाव पनि व्यक्त गरेकी छिन् ।
जुनै पहिरनमा पनि हट देखिने वर्षा कसको पर्खाईमा छिन् त। उनी प्राय प्रेमील शब्द राख्दै फोटो पोस्ट गर्छिन्। साच्चै उनि प्रेममा छिन् या चर्चा पाउनलाई यसरी प्रस्तुत हुन्छिन् त्यो पक्कै वर्षालाई नै थाहा छ तर उनको स्टाटस र तस्वीरमा देखिने मुस्कानले पक्कै उनि प्रेममा रहेको र एक्सप्रेस गर्न चाहेर पनि नगरेको देखिन्छ।
वर्षालाई आखिर के ले रोकेको छ आफ्नो प्रेम सार्बजनिक गर्न? विरविक्रम २ बाट पाएको मायाले निकै उत्साहित वर्षा कसको पर्खाईमा छिन्? आफ्नो प्रेमी या कुनै अर्को चलचित्रको? जसको पर्खाईमा छिन् , त्यो उनको जीवनमा छिट्टै आओस्।
For More videos Log on to Mazzako TV







