रंगशाला निर्माण अवरोधपछि धुर्मुस सुन्तली र रविबारे बन्यो मार्मिक गीत
धुर्मुस सुन्तलीको विषयमा तयार पारिएको गीत सार्वजनिक भएको छ। चितवनमा बन्न लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगाशाला निर्माणमा अवरोध आएपछि मार्मिक गीत सार्वजनिक भएको हो। केही दिन अघि रंगाशाला निर्माणको लागि लगाइएको बार भत्काए पछि त्यसको चौतर्फी विरोध भएको थियो। रंगाशाला निर्माणमा आएको अवरोध र धुर्मुस सुन्तली जस्ता सामाजिक अभियान्तालाई अफ्ठ्यारोमा पारेको भन्दै गीत बनाइएको छ।

गीतमा धुर्मस सुन्तलीको साथमा रवि लामिछाने, रमेश प्रसाईँ जस्ता सामाजिक अभियन्ताहरुको बारेमा मार्मिक ढंगले गीत तयार पारिएको छ। दिपेन्द्र डाँगीको शब्द, संगीत तथा स्वरमा रहेको गीतमा देश निर्माण तथा सामाजिक काम जस्तो पवित्र काममा कसैले पनि अवरोध नगर्न अनुरोध गरिएको छ।
डिजिटल लाइभ नेपालबाट सार्वजनिक गरिएको म्युजिक भिडियोको निर्देशन हरि डिले गरेका हुन् भने राजेश विसीको कोरियोग्राफी रहेको छ।








