चलचित्र विकास बोर्डले नेपाली चलचित्र क्षेत्रको बिकास र उत्थानका लागि कुनैपनि भाषाको चलचित्र नेपालमा शुक्रबार नै रिलिज गराउने ट्रेण्ड सेट गराउन लागि परेको थियो तर बोर्ड यो कुरामा सफल हुन सकेन।

चलचित्र विकास बोर्डले कुनैपनि भाषाको चलचित्र नेपालमा रिलिज गर्दा शुक्रबार नै गर्नुपर्ने नियम बनाएर वैशाख ४ गते रिलिज भएको हिन्दी चलचित्र ‘कलंकʼ को रिलिज रोकेर शुक्रबार नै नेपालमा रिलिज गर्न दिए। बोर्डका अध्यक्ष केशव भट्टराईले बुधबार रिलिज हुने चलचित्र ‘भारतʼ पनि शुक्रबार नै रिलिज गराउने अडान लिएका थिए तर ब्यान्कटेस इन्टरटेन्मेन्टले चलचित्र विकास बोर्डका विरुद्ध मुद्दा हालेपछि अब भारत नेपालमा पनि बुधबार नै रिलिज हुने भएको छ ।

भारतʼ लाई नेपालमा वितरण गर्ने कम्पनी ब्यान्कटेस इन्टरटेन्मेन्टले बोर्डमाथि मुद्दा दायर गरेपछि शो को सोमबार नै सुनुवाई गर्दै स्वतन्त्र व्यवसायमा कसैले हस्तक्षेप नगर्न आदेश दिएको छ । काठमाण्डौ जिल्ला अदालतले कसैको व्यक्तिगत व्यवसायमा हस्तक्षेप नगर्न बिकास बोर्डलाई सचेत गराए सङ्गै अब ‘भारतʼ नेपालमा पनि बुधबार नै प्रदर्शन हुदै छ।

For More videos Log on to Mazzako TV