सुहाना हट अवतारमा

नायिका सुहाना थापा कृष्णको भक्त हुन्। उनको धर्ममा लगाव छ र रहनसहन निकै सरल र सालिन छ। प्राय कुर्ता र सभ्य पहिरनमा प्रस्तुत हुने सुहानाले अहिले निकै हट फोटो सोसियल मिडियामा सेयर गरेकी छिन्। सुहाना अहिले ए मेरो हजुर ३ को युरोप टुरमा छिन्।

५१ दिन मनाइसकेको ए मेरो हजुर ३ विश्वव्यापी रूपमा पनि राम्रो प्रदर्शन भईरहेको छ। सुहानाको प्रंशम्सा र चर्चा झन् चुलिरहेको छ। आफ्नो बुवा सुनिल कुमार थापाको निर्माण र आफ्नै आमा झरना थापाको निर्देशनमा मेगास्टार अनमोल केसी सङ्ग ए मेरो हजुर ३ मा डेब्यु गरेकी सुहानाले पहिलो चलचित्रबाट नै सफलताको स्वाद चाख्न पाइन्।

चलचित्र लिएर अहिले युरोप टुरमा रहेकी सुहाना झन्झन् खुल्न थालेकी छिन्। समुद्रको छेउमा निकै हट देखिएकी छिन् सुहाना। युरोपले गर्मीले हो या चर्चाको गर्मीले हो, सुहाना भने अहिले निकै हट देखिदै छिन्। नेपाली कलाकार विदेश गएपछि हट फोटो नखिच्ने सायद कमै होलान्। यो ट्रेन्डबाट सुहाना पनि अछुतो रहन सकिनन्।










