कस्तो देखिएला भुवन र रीमाको जोडी
अभिनेता भुवन केसी लामो समयपछि चलचित्रको पर्दामा देखिने भएका छन्। बिगत केही समय देखि फिल्म मेकिङ्गमा सक्रिय रहेका भुवन चलचित्र मिस्टर नेपालीमा नायिका रीमा विश्वकर्मासँग रोमान्स गर्दै छन्।

कुनै जमानामा रोमान्सका शेर मानिएका भुवन केसीको रोमान्स दर्शकले पर्दामा हेर्न पाएका छैनन्। भुवन केसी कै छोरा अनमोल केसीले फिल्म क्षेत्र र फिल्म बजारमा राज गरिरहेको बेला फेरि बुवा रोमान्टिक अवतारमा देखिन लाग्दा अलि आश्चर्य लाग्न सक्छ। अझ नौलो कुरा त उमेरले आधा शताब्दी नाघिसकेका उनी रीमासङ्ग स्क्रिन सेयर गर्दै छन्।
वास्तविक जीवनमा बाबु छोरी जस्तो देखिने यी दुईलाई पर्दामा कस्तो देखिएलारु कौतुहलताको विषय बनेको छ। भुवनका अनुसार उनि दोहोरो भूमिकामा देखिदै छन्। उनलाई अहिलेको ऊ जस्तै देखाइने हो या उनको परिवर्तित रूप चलचित्रमा प्रस्तुत गराइने हो, त्यो पक्कै चलचित्र रिलिज पछि थाहा पाईन्छ तर अहिले थाहा भए अनुसार उनी रीमासङ्ग रोमान्स गर्दै छन्।
फिल्ममा धेरै पछि अभिनय गर्न लागेका आधा शताब्दी नाघिसकेका भुवन र स्वीट जली रीमाको केमिस्ट्री स्क्रिनमा जम्ला त
For More videos Log on to Mazzako TV







