सन्नी लियोनी अभिनिय नेपाली फिल्म ‘पासवर्ड’ भाद्र २७ मा
सन्नी लियोनीले अभिनय गरेको नेपाली फिल्म ‘पासवर्ड’ को प्रदर्शन मिति तय भएको छ । फिल्म आगामी भाद्र २७ गतेबाट अलनेपाल सार्वजनिक प्रदर्शनमा आउँने पक्का भएको हो । फिल्मले रिलिजका लागि राम्रो मिति हेरेर पक्का गरिनुको कारण महंगो बजेट भएको निर्माण टिमको भनाई छ ।

यो फिल्मसँग पल शाह स्टारर ‘हृदय भरी’ र दयाहाङ राई र रेखा थापाको मुख्य भुमिका रहेको फिल्म ‘निरफुल’ सँग जुध्ने भएको छ । अहिले सम्मकै महंगो बजेटमा निर्माण भएको फिल्मलाई सम्राट बस्नेतले निर्देशक गरेका हुन् । यो उनको डेव्यु निर्देशकिय फिल्म हो । फिल्मको कथा, पटकथा तथा संवाद स्वयंम निर्देशक बस्नेतले तयार पारेका हुन् ।
फिल्ममा बिक्रम जोशी (विक्की), सन्नी लियोनी, अनुपबिक्रम शाहि, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, बिक्रान्त बस्नेत, रविन्द्र झा, धिरेन शाक्य, विक्रान्त बस्नेत, प्रविण खतिवडा, लिशा सुनार, परी राना लगायतको अभिनय छ ।

बलिउड अभिनेत्री सन्नी लियोनीले एक गीत र केही सिनमा अभिनय गरेकी छिन् । उक्त गीतको भिडियोलाई बलिउडका चर्चित कोरियोग्राफर विष्णु देभाले निर्देशन गरेका हुन् । विष्णुदेभाले यसअघि सलमान खान देखि शाहरुख खान, अक्षयकुमारलाई नृत्य सिकाइसकेका छन् ।

एबी इन्टरनेशनलको ब्यानरमा निर्माण भएको फिल्मलाई हिरल जोशी र अमित बस्नेतले मिलेर निर्माण गरेका हुन् । अकिंत गौतम कार्यकारी निर्माता रहेको ‘पासवर्ड’ मा अजित के थापा सहनिर्माताको रुपमा रहेका छन् । एक्सन, कमेडी, थ्रिलर जनरामा निर्माण भएको सिनेमालाई सौरभ लामाले छायाँकन गरेका हुन् । अर्जुन जिसीले सम्पादन गरेको फिल्मको पहिलो गीत आगामी जेष्ठ २० गते रिलिज गरिने निर्माण टिमको भनाइ छ ।
For More videos Log on to Mazzako TV







