लोकप्रिय गायक हिमाल सागरको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक हिमाल सागरको स्वर रहेको ‘ए माया’ बोलको गीत हालै युट्युब मार्फत सार्वजनिक भएको हो । अर्जुन पोखरेलको संगीत तथा संगीत संयोजन रहेको गीतमा दिपक प्रसाद ओलीको शब्द रहेको छ ।

निकेश खड्काको निर्देशनमा बनेको भिडियो मा नायक तथा मोडल पल शाह र नायिका तथा मोडल बर्षा राउतको अभिनय छ । भिडियोमा गायक सागरलाई पनि देख्न सकिन्छ । गीतले दर्शक तथा श्रोताको मन जित्ने हिमाल सागरको विश्वास छ ।

For More videos Log on to Mazzako TV