पुर्व मिस नेपाल मलिना जोशीलाई आफ्नो लभ लाइफ र प्रेमी देखाउन थाइल्यान्डनै पुग्न पर्यो। आफ्नो प्रेमी सुशान्त प्रधान सङ होलिडे इन्जोय गर्न थाइल्यान्ड गएकी मलिना आफ्नो नयाँ सम्बन्धमा निकै खुसी रहेको उनले पोस्ट गरेको तस्वीरबाट अनुमान लगाउन सकिन्छ।

लामो समय नायक अनुप बिक्रम शाही सङ प्रेम सम्बन्धमा थिइन् मलिना, तर यी दुईको सम्बन्धले धेरै अगाडीनै विश्राम लिएको जानकारी त प्राय सबैमा छ। ब्रेकअप पछि पनि यी दुई ले सङै काम पनि गरेका छन् । आफुहरुलाई राम्रो साथी बताउने अनुप र मलिनाको फेरि जोडि जम्ला कि भन्ने पनि थियो।

ब्रेकअपको लामो समयसम्म पनि यी दुईलाई अरु कसै सङ नजिक भएको देखिएन तर भर्खरै मलिनाले सुशान्तसङको फोटो सेयर गरे सङै मलिनाले सुसान्तसङ केहि समय अगाडिबाटनै डेट गरिरहेको भन्ने चर्चा छ। थाइल्यान्डको बिच र इस्ट्रिटमा रमाइरहेका मलिना र सुशान्त एक अर्का सङ औधी नै खुसी भएको देखिन्छ। मलिनालाई सुशान्तको साथले खुल्नलाई पनि सहज भएको उनले सेयर गरेको फोटोबाट देखिन्छ।

मलिनाले डेट गरिरहेका सुशान्त फिट्नेस कोच हुन्। मलिना प्रेमीसङै भएकाले यति धेरै खुलेकी, रमाएकी हुन् या त थाइल्यान्डको मौसमले उनलाई हट बनएको हो त्यो त उनैलाई थाहा होला। जे होस फिट्नेस कोचसङको प्रेम मलिनाको लागि एकदम फिट देखिन्छ र फिट रहोस् पनि।

For More videos Log on to Mazzako TV