अशोक शर्माको लेखन र निर्देशन रहेको फिल्म ‘रातो टिका निधारमा’को औपचारिक घोषणा गरिएको छ । काठमाण्डौमा आईतबार एक कार्यक्रमको आयोजना गर्दै फिल्मको औपचारिक घोषण गरिएको हो ।

फिल्ममा साम्राज्ञी आर.एल शाह, नीता ढुङ्गाना, नवनायक अंकित शर्मा, खुश्बु खड्का, बसुन्धरा भुषाल, अरुणा कार्की, बुद्धि तामाङ, राजाराम पौडेल, रविन्द्र झा, शिवहरी पौडेल, जयनन्द लामा, अर्जुन श्रेष्ठ लगायत कलाकारहरुको अभिनय रहनेछ ।

अशोक छोरा अंकित शर्मा यसै फिल्मबाट नेपाली फिल्म क्षेत्रमा डेब्यु गर्दैछन् । फिल्म मेकिङमा स्नातक सकेका उनले अशोकको अघिल्लो फिल्म ‘जय भोले’ मा मुख्य सहायक निर्देशकका रुपमा काम गरेका थिए । अंकितकी दिदि कृति शर्माले पनि फिल्म मेकिङमै अमेरिकाबाट स्नातक गरेकी हुन् । किरण शर्माले लगानी गर्ने ‘रातो टिका निधारमा’मा उनी मुख्य सहायक निर्देशकका रुपमा काम गर्दै्छिन् ।

जेठ १० गतेबाट फ्लोरमा जाने फिल्मको छायांकन झापा लगायत पुर्वका विभिन्न स्थानहरुमा हुनेछ । पुरुषोत्तम प्रधानले खिच्ने फिल्ममा मित्र डि गुरुङको सम्पादन रहनेछ । फिल्म यसै बर्षको दशैँमा प्रर्दशनमा आउनेछ ।

For More videos Log on to Mazzako TV