कान्समा प्रियंका
अभिनेत्री प्रियंका कार्की फ्रान्सको राजधानी पेरिसमा जारी कान्स फिल्म फेस्टिभलमा सहभागी हुन त्यता जाने भएकी छिन् । उनी, आज बेलुकी फ्रान्स उड्नेछिन् । फ्रान्समा आयोजना हुने कान्स फिल्म फेस्टिभलमा हलिउड र बलिउडका सेलिब्रेटी समेत उपस्थित भैरहेका छन् । प्रियंकाले मे २० मा रेड कार्पेटमा आफूलाई उपस्थित गराउनेछिन् ।

यस्तै, अन्य विभिन्न ४ वटा भव्य कार्यक्रममा समेत उनको उपस्थिती रहनेछ । कान्सको आयोजकले नै उनलाई यो कार्यक्रमका लागि निमन्त्रणा गरेका थिए । कान्स विश्वकै चर्चित फिल्म फेस्टिभल हो । यसमा अहिले बलिउड अभिनेत्री दीपिका पादुकोणदेखि प्रियंका चोपडा, हलिउड अभिनेत्री सेलेना गोमेजले पनि सहभागीता जनाइरहेका छन् । कान्समा सहभागी हुने प्रियंका पहिलो नेपाली हिरोइन हुन् ।

उनले मे २४ सम्म आयोजना हुने विभिन्न कार्यक्रममा सहभागीता जनाउनेछिन् । प्रियंकाले महोत्सवमा सहभागी हुन पाउँदा आफू अत्यन्तै खुशी भएको पनि बताएकी छिन् ।
For More videos Log on to Mazzako TV