जात्रै जात्राको आइतबार पनि व्यापार सुखद
शुक्रबार र शनिबार आक्रामक व्यापार गरेको फिल्म जात्रै जात्राले आइतबार पनि आफ्नो व्यापारलाई कमजोर हुन दिएको छैन । आइतबार बिहानी शोमा ५० देखि ६० प्रतिशतको अकुपेन्सी रहेको फिल्मले दिवा शोमा ८० देखि शत प्रतिशत अकुपेन्सीमा व्यापार गरेको छ ।

जात्रै जात्राको वर्ड अफ माउथ उच्च भएकाले पनि यसको व्यापार राम्रो हुने अनुमान गरिएको थियो । शनिबारको दिन आक्रामक कमाई गरेको फिल्मले आइतबारबाट कस्तो व्यापार गर्छ भन्ने धेरैको अनुमान थियो । तर, फिल्मले आइतबारको दिन पनि राम्रो व्यापार गरेपछि यसले लामो समयसम्म व्यापार गर्ने देखिएको छ ।
विपिन कार्की, बर्षा राउत, रविन्द्र झा, रविन्द्र सिंह बाँनिया लगायतको अभिनय छ । प्रदिप भट्टराइले यो फिल्मको निर्देशन गरेका हुन् ।








