नेपाल आइडलकी अश्मिताको म्युजिक भिडियो सार्वजनिक (भिडियो)
नेपाल आइडल २ कि टप ४ प्रतिस्पर्धी अश्मिता अधिकारीको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । उनले पहिलो कोशेली स्वरुप ‘बारुली कम्मर’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी हुन् । शब्द, संगीत कमल खत्रीको रहेको गीतमा अश्मिता र कमल खत्रीकै स्वर सुन्न सकिन्छ । गीतको एरेन्ज किरण तुलाधरले गरेका हुन् ।

‘बारुली कम्मर’ गीतको भिडियोमा पूजा गिरीले अभिनय गरेकी छिन् । बिदुर पाण्डे र रामशरण उप्रेलीले खिचेको भिडियोलाई प्रकाश तुलाधरले सम्पादन गरेका हुन् । दिपेन्द्र केसीले म्युजिक भिडियोको निर्देशन गरेका हुन् ।








