मोटाइन् अनु
यो बर्षको वैशाख २७ गते अभिनेत्री अनु शाहको अभिनय रहेको फिल्म पसिना रिलिज भएको थियो । फिल्म पसिनाको प्रचारमा अनु देखिइनन् । अनु शाहलाई यो फिल्म आएको र गएको कुराले खासै मतलव नै राखेन । अनु फिल्म विर विक्रम २ को प्रिमियरमा भने उपस्थित भएकी थिइन् ।

तर, प्रिमियरमा आएकी अनुको बदलिदो फिगरले भने धेरैलाई अचम्मित बनाएको थियो । अभिनेत्री अनु शाह अहिले धेरै नै मोटाएकी छिन् । उनको फिगर मोटाएको छ । फिल्ममा काम गर्दा स्लिम देखिने अनु अहिले मोटाएपछि उनले आफूलाई मेन्टेन गर्न छाडेको वुझ्न सकिन्छ ।
अनु शाहको हातमा अहिले फिल्म छैन । बरु, उनी र अभिनेता सविन श्रेष्ठ बिहे गरेर घरजममा रहेको चर्चा समेत चल्न थालेको छ ।








