अभिनयकै लागि जन्मिएका विपिन
गतबर्ष हरि, प्रसाद, गोपी जस्ता फिल्ममा आफ्नो उत्कृष्ट काम गरेर दर्शकको मन जितेका अभिनेता विपिन कार्की अभिनित यो बर्षको पहिलो फिल्म जात्रै जात्रा रिलिज भएको छ । सिनेमा हेरिसकेपछि दर्शक र समिक्षकले विपिनको कामको प्रशंसा गरेर थाकेका छैनन् । किनकी, सिनेमाको मुख्य मेरुदण्ड नै विपिन हुन् ।

विपिनको अनुहारको हाउभाउले पनि दर्शकलाई हसाएको छ, रुवाएको छ । विपिन कार्कीलाई अभिनयकै लागि जन्मिएको भन्न सकिन्छ । उनले निर्वाहा गरेको भूमिकामा उनले जुन तरिकाको काम गरेका छन्, त्यो बुलन्द छ । यसैले पनि विपिन कार्की जात्राका मुख्य मेरुदण्ड हुन् ।
विपिनको बोलीमै दर्शक रमाएका छन् । विपिनले नबोली नै दर्शकलाई बाँधिदिएका छन् । विपिनको सशक्त अभिनयको फ्यान जोकोही पनि हुनेछ ।