जात्रै जात्रालाई उत्कृष्ट प्रतिक्रिया
शुक्रबार अर्थात आजदेखि रिलिज भएको फिल्म जात्रै जात्रालाई दर्शकले र समिक्षकले नै उत्कृष्ट भनेका छन् । फिल्मले दर्शक र समिक्षकबाट नै उत्कृष्ट प्रतिक्रिया पाएसँगै यसको व्यापारमा ठूलो फरक पार्ने देखिएको छ । सिनेमाले शुक्रबार आक्रामक ओपनिङ गरेको छ ।

शनिबारको व्यापार आइतबारको तुलनामा दोब्बर हुने अड्कल लगाइएको छ । सिनेमाले जात्राको इज्जतलाई जोगाएको छ । प्रदिप भट्टराइको निर्देशनमा बनेको यो फिल्ममा विपिन कार्की, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, बर्षा राउत, राजाराम पौडेलको मुख्य भूमिका छ ।
फिल्म जात्रै जात्राले मल्टिप्लेक्समा उत्कृष्ट ओपनिङ गरेको छ । सिनेमाले दर्शकलाई पूर्ण रुपमा बाँधेर राख्न सफल भएको छ ।