सुरक्षालाई ‘घर’ मा यस्तो रुपमा सार्वजनिक
अर्पण थापाको लेखन तथा निर्देशनमा निर्माण भएको हरर फिल्म ‘घर’ को पहिलो पोस्टर सार्वजनिक भएको छ । फिल्मको पोस्टर सार्वजनिक गर्दै प्रर्दशन मिति समेत फाइनल गरिएको छ । अब फिल्म ‘घर’ साउन ३ गते बाट अलनेपाल सार्वजनिक हुने छ ।

सार्वजनिक पोस्टरमा सुरक्षा पन्तलाई प्रस्तुत गरिएको छ । पोस्टरमा सुरक्षाको डर लाग्दो रुप देख्न सकिन्छ । फिल्ममा सुरक्षासँगै अर्पण थापा र बेनिषा हमालको मुख्य भूमिका रहेको छ । फिल्मलाई सर्मिला पाण्डेले निर्माण गरेकी हुन् ।
फिल्मलाई डीएस डिजिटलको ब्यानरमा निर्माण गरिएको हो । निरज कँडेलले फिल्म खिचेका हुन् । सुरज पाण्डे प्रस्तुतकर्ता रहेको फिल्ममा अस्मिता खनालको पनि फिल्ममा अभिनय छ । यसमा अभिनेत्री सुरक्षा, अर्पणकी श्रीमतीको भूमिकामा छिन् ।
For More videos Log on to Mazzako TV