‘बीर विक्रम २’ र ‘जात्रै जात्रा’ हलमा,
आज अर्थात जेठ ३ गतेबाट दुई नेपाली फिल्म रिलिज भएका छन् । पल शाह, बर्षा राउत, नाजिर हुसेन र बुद्धि तामाङको प्रमुख भुमिका रहेको ‘बीर विक्रम २’ र विपिन कार्की, दयाहाङ राई, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, वर्षा राउत लगयतको मुख्य भुमिका रहेको ‘जात्रै जात्रा’ प्रदर्शनमा आएका हुन् । मिलन चाम्सको निर्देशनमा ‘बीर विक्रम २’ निर्माण भएको हो । ‘जात्रै जात्रा’ लाई प्रदिप भट्टराईले निर्देशन गरेका हुन् । जात्रै जात्रामा १० किलो सुन काण्डको कथामा आधारित छ भने बीर विक्रम २ मित्रताको कथामा आधारित छ ।

फिल्म ‘जात्रै जात्रा’मा राजाराम पौडेल, प्रकाश घिमिरे, सोहित मानन्धर, कालु राना, कृष्ण भक्त महर्जन लगायतको पनि अभिनय छ । यज्ञश्वर पौडेल र सिंगे लामाको लगानी रहेको फिल्मको कथा निर्देशक भट्टराईले नै तयार पारेका हुन् । शिव राम श्रेष्ठले खिचेको फिल्मलाई मित्र डि गुरुङले सम्पादन गरेका छन् ।
फिल्म ‘बीर विक्रम २’ मा देशभक्त खनाल, बिनिषा भण्डारी, सौरव शाह, मनिष लिम्बू, बिनोद सुवेदी खत्री, सन्तोष खनाल लगायतको पनि अभिनय छ । फिल्ममा निर्देशक चाम्स र रन्जिता सिवाकोटी, अर्पन सापकोटाको लगानी छ । नवराज उप्रेतीले छायांकन गरेको फिल्मलाई बनिष शाहले सम्पादन गरेका हुन् । फिल्मको कथा लेखन प्रदिप भारदाजको रहेको छ ।
For More videos Log on to Mazzako TV







