शुक्रबारदेखि नै रिलिज हुन लागेको फिल्म विर विक्रम २ को प्रिमियर गरिएको छ । कुमारी हलमा फिल्मको पर्पल कार्पेट प्रिमियर भएको हो । फिल्मका मुख्य कलाकार सहित केही फिल्मीकर्मी फिल्म हेर्न पुगेका थिए ।

अभिनेता भूवन केसी, शिव श्रेष्ठले फिल्म राम्रो बनेको बताए । अभिनेत्री अनु शाह, रेबिका गुरुङ, हाँस्य कलाकार कुञ्जना घिमिरे लगायतले पनि फिल्मलाई राम्रो भनेका छन् । मित्रताको कथामा बनेको यो फिल्मलाई मिलन चाम्सले निर्देशन गरेका हुन् ।

फिल्ममा पल शाह, बर्षा सिवाकोटी, नाजिर हुसेन, वुद्दि तामाङको मुख्य भूमिका छ । सिनेमा विर विक्रम २ ले मुस्ताङको कुनै एक गाउँको कथालाई भनेको छ । फिल्मले मल्टिप्लेक्समा राम्रो शो पाएको छ । तर, फिल्मको बुकिङ सामान्य छ ।

For More videos Log on to Mazzako TV