हरि हुमागाँइको निर्देशनमा तयार चलचित्र‘सरौतो’ले आफ्नो प्रदर्शन मिति र फस्टलुक पोस्टर पनि सार्वजनिक गरेको छ । असोजको ३ गते रिलिज मिती तय गरेको चलचित्रमा सुमी मोक्तान र सन्नी
सिंह प्रमुख भूमिकामा छन् । बदलाको कथामा निर्माण भएको चलचित्रमा सुमी लाई एक्सन लेडीको रुपमा दर्शाइएको छ । चलचित्रका अन्य कलाकारको रुपमा विजय लामा , युवराज लामा , धिरेन शाक्य , आमिर गौतम , अरुणा कार्की , पराकर्म पीजेबी राणा , सम्पदा दाहाल , सुवाङ्गम शाह , लियो ट्यांक , मैषा पुन मगर , प्रतिक दुलाल , मनोज तामाङ लगायतका कलाकारको अभिनय छ ।

विरान्जना इन्टरटेनमेन्ट , स्क्वायर वान क्रिएसन , राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर फिल्म्स स्टुडियोको ब्यानरमा निर्माण भएको चलचित्रको कार्यकारी निर्माताको रुपमा सिर्जना जोशी र लक्ष्मी कुमारी तामाङ छन् । यो चलचित्रमा राघव कृष्ण गौतमको लेखन , उत्तम हुमागाईको छायांकन , शंकर महर्जनको एक्सन छ ।

For More videos Log on to Mazzako TV