जात्रै जात्राको सुखद बुकिङ
भोली शुक्रबारदेखि रिलिज हुन लागेको फिल्म जात्रै जात्राले मल्टिप्लेक्समा राम्रो शो पाएको छ । सिनेमालाई क्यूएफएक्सको ५ चेनमा १९ शो मिलेको छ । १९ शोमा पनि फिल्मको बुकिङ सुखद छ ।

सिनेमाको १० शो भन्दा बढी फिलिङ फास्टमा छन् । दर्शकको वर्ड अफ माउथ राम्रो आएको खण्डमा जात्रै जात्राको व्यापार सुखद हुनेछ । यस्तै, अन्य मल्टिप्लेक्समा पनि फिल्मले राम्रो शो पाएको छ । सिनेमालाई प्रदिप भट्टराइले निर्देशन गरेका हुन् ।
फिल्ममा विपिन कार्की, रविन्द्र झा, बर्षा राउत, रविन्द्र सिंह बाँनियाको मुख्य भूमिका छ । सुन काण्ड र पैसाको काण्डमा घुमेको यो फिल्म राम्रो हुने अपेक्षा दर्शकको छ । निर्देशक प्रदिप पनि सिनेमा हेरेर दर्शक निराश नहुने बताउँछन् ।
For More videos Log on to Mazzako TV