सुपुष्पालाई अफर, तर कहाँबाट ?
अभिनेत्री सुपुष्पा भट्टले रणवीर फिल्ममा काम गरिन् । रणवीर फिल्ममा उनले गरेको काम रुचाइयो । रणवीर फिल्ममा उनको कामले तारिफ पाएपछि उनलाई फिल्ममा लिने बारेमा पनि सोच्न थालिएको छ ।

उनलाई कहिले रमित ढुंगानाको फिल्म त कहिले रोज राणाको सिनेमाको अफर आएको भन्ने खबर सुनिन्छ । तर, सुपुष्पाले भने आफूलाई भोजपुरी फिल्मबाट अफर आएको बताउँछिन् । सुपुष्पाको अनुसार, उनलाई अहिले भोजपुरी फिल्ममा काम गर्नका लागि अफर धेरै आउन थालेका छन् ।
उनले, चाडै नै एउटा नेपाली फिल्ममा काम गर्ने पनि बताएकी छिन् । सुपुष्पाले रणवीर फिल्मपछि अभिनेता अनमोल केसीसँग एउटा विज्ञापनमा मात्र काम गरेकी छिन् ।
For More videos Log on to Mazzako TV