स्वजातिय विवाह र अन्तरजातीय प्रेमको ‘कबड्डी’
सफल फिल्म ‘कबड्डी’ को तेस्रो सिरिज ‘कबड्डी कबड्डी कबड्डी’ को निर्माण हुने भएको छ । रामबाबु गुरुङले निर्देशन गर्ने फिल्मको राजधानीमा एक औपचारिक कार्यक्रम आयोजना गरि तेस्रो सिरिजको औपचारिक घोषणा गरियो ।

फिल्ममा दयाहाङ राई, रिश्मा गुरुङ, उपासना सिंह ठकुरी, कर्मा शाक्य, माओत्से गुरुङ, पुष्कर गुरुङ, कविता आले, विल्सन बिक्रम राई, बुद्दि तामाङ, लुनिभा तुलाधर, विजय बराल लगायतको मुख्य भुमिका रहने छ ।
स्वजातिय विवाह र अन्तरजातीय प्रेम सम्वन्धको अन्तरद्वन्द रहने सिनेमामा कमलमणि नेपाल, अरुणा कार्की पोखरेल, राजन खतिवडा, मणि के राई, डि.बि गुरुङ, राजेन्द्र थापालगायतका कलाकारको पनि अभिनय रहनेछ ।
बासुरी फिल्मसको निर्माण र सिनेमा आर्टको प्रस्तुति रहने फिल्मसँग माउन्टेन स्टोरिज र नौमती इन्टरटेनमेन्टले सहकार्य गरेका छन् । मणिराम पोखरेल, अर्जुन कार्की र ओम चन्द रौनियार फिल्मका निर्माता हुन् । जेठ ५ देखि छायाँकनमा जाने फिल्ममा शैलेन्द्र ध्वज कार्कीको छायाँकन, निमेष श्रेष्ठको सम्पादन र रोहित शाक्यको पार्शव् संगीत रहनेछ ।
For More videos Log on to Mazzako TV







