‘लभ डायरीज’ को फस्टलुक यस्तो, सुशिललाई देखियो कस्तो ?
सुशिल श्रेष्ठ अभिनित फिल्म ‘लभ डायरीज’ को फस्टलुक पोस्टर सार्वजनिक गर्दै रिलिज रिलिज मिति तय गरिएको छ । सार्वजनिक पोस्टरमा अभिनेत्री रुबीना थापासँग सुशील रोमान्टिक अवतारमा प्रस्तुत भएका छन् । असोज ३ गते रिलिज हुने फिल्मलाई सौरभ चौधरी निर्देशन गरेका हुन् ।

फिल्ममा विश्वजित रिमाल विष्णु सापकोटा, अर्जुनजंग शाही, विशाल पहारीको पनि मुख्य भूमिका छ । फिल्ममा सुशीलले विदेशी मोजमस्तीमा रमाएको युवकको भूमिका निर्वाह गरेका छन् । युवा युवती बिचको माया प्रेम र कमेडीलाई प्रस्तुत गरिएको फिल्म मनोरन्जनात्मकसँगै सन्देशमुलक रहेको निर्माण पक्षले बताएको छ ।

विनोद सापकोटाले निर्माण गरेको फिल्ममा सरोज तुलाधरले साझेदारी गरेका छन् । फिल्ममा साहिल खानले एसोसियट निर्देशकको रुपमा पहिलो पटक काम गरेका छन् । फिल्मको सम्पादन समेत साहिल खान हुन्, जहाँ मिलन श्रेष्ठले पनि सहकार्य गरेका छन् ।
‘लभ डायरीज’को छायाँकनमा संजय लामा, कोरियोग्राफीमा कविराज गहतराज र चार गीत समावेश संगीतमा अर्जुन पोखरेल रहेका छन् ।








