के असारमा पनि हुँदैन आयुष्मान र प्रियंकाको बिहे ?
अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीको बिहे असारमा हुने चर्चा छ । यो जोडीले पनि असारमा बिहे गर्ने बताउँदै आएको पनि छ । तर, अहिले फेरि बिहेको चर्चा सेलाएको छ । के असारमा पनि हुँदैन त प्रियंका र आयुष्मानको बिहे ?

अभिनेत्री प्रियंका कार्कीका अनुसार, उनीहरुले आफ्नै मुखबाट बिहेको मिति तय गरेका छैनन् । तर, विभिन्न सुझावहरु आइरहेका छन् । सर्यो भने पनि व्यस्तता र मौसमका कारण सर्ने प्रियंका बताउँछिन् । कार्कीका अनुसार, अहिले प्रि मनसुन चलिरहेको छ । जसकाकारणले गर्दा पनि बिहेको बिषयमा सोच्नु पर्ने अवस्था छ ।
म यस्तो तरिकाले बिहे गर्न चाहन्छु, उस्तो तरिकाले चाहन्छु भन्ने दिमागमा चलेको छ । यसैले पनि प्रियंका बिहेको बिषयमा अहिले नै फाइनल गर्न हतार नगरेको बताउँछिन् ।








