अभिनेता दयाहाङ राई अभिनित फिल्म ‘आप्पा’ को नयाँ गीत सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति तय गरिएको छ । सार्वजनिक ‘अमला’ बोलको गीतमा मेलिना राई र एसडी योगीको स्वर छ । जेठ २४ गते प्रदर्शनको तयारी गरिएको फिल्म अब असार १३ गते प्रदर्शन हुने छ ।

हर्क साउदको शब्द, एसडी योगी र सुशान्त गौतमको संगीत छ । गीतको भिडियोको निर्देशन रेनाशा वान्तवा राईले गरेकी हुन् । भने, किरण थापा, बुद्ध लामा र सुरैन राईले कोरियोग्राफी छ । रवी न्यौपानेले छायांकन गरेको गीतमा निमेष श्रेष्ठको सम्पादन छ ।

गीतको भिडियोमा दयाहाङकासंगै सिद्धान्त राज तामाङ, अल्लोना काबो लेप्चा फिचर्ड छन् । बाबु–छोराको सम्बन्धको कथामा निर्माण भएको फिल्मलाई अनमोल गुरुङले निर्देशन गरेका हुन् ।

फिल्म अ माउन्टेन स्टोरीज प्रोडक्सन र सिनेमा आर्टको संयुक्त ब्यानरमा निर्माण भएको हो । ‘आप्पा’ मा रुदेन सादा लेप्चाको लगानी रहेको छ । फिल्ममा दयाहाङ, सिद्धान्त राज, अल्लोनासंगै तुलसी घिमिरे, अरुणा कार्की लगायतको अभिनय छ ।

For More videos Log on to Mazzako TV