व्यवसायिक फिल्म जात्रै जात्राः विपिन
अभिनेता विपिन कार्कीले जेठको ३ गतेबाट रिलिज हुन लागेको फिल्म जात्रै जात्रालाई व्यवसायिक फिल्म भनेका छन् । उनले, यो पटक आफूहरुले दर्शकलाई पूर्ण मनोरञ्जन दिनेगरि सिनेमा तयार पारेको पनि बताएका हुन् ।

प्रदिप भट्टराइको निर्देशनमा तयार भएको यो फिल्म जेठको ३ गतेबाट नेपालभर रिलिज हुँदैछ । दर्शकलाई यो फिल्मबाट आशा पनि छ । विपिनले यसपटक आफूहरुले समिक्षकलाई भन्दा पनि दर्शकका लागि ध्यान दिएर फिल्म बनाएको बताए ।
उनका अनुसार, सिनेमाले सुन काण्डको कथालाई मात्र उठाएको छैन । जात्रै जात्रा फिल्म हेरेर दर्शकले पूर्ण मनोरञ्जन लिने उनले बताए । सिनेमामा बर्षा राउत, रविन्द्र झा, रविन्द्र सिंह बाँनियाको पनि मुख्य भूमिका छ ।