फिल्म रिलिज नजिकिदा नजिकिदै २ बर्षा

अभिनेत्रीद्धय बर्षा राउत र बर्षा सिवाकोटीको दुश्मनी छताछुल्ल छ । यी दुई एकले छाडेको फिल्म वा रोजेको फिल्ममा समेत देखिन असजिलो मान्छन् । फिल्म बजारमा दुई अभिनेत्रीको गुटवन्दी छ पनि भन्ने चर्चा छ । तर, अभिनेत्री बर्षा सिवाकोटीले तिमी र म त दुश्मन अरे भन्दै लेखेको स्टाटसले भने उनीहरुको सम्बन्ध राम्रै रहेको जस्तो लाग्छ ।

सिवाकोटीले फेसबुकमा लेखेको स्टाटसमा बर्षा राउत र आफ्नो भेट पातलो भएपनि दुबै जनाविच कुनै खालको तिक्तता नभएको उल्लेख छ । अभिनेत्री राउतले पनि बर्षालाई अरुले दुश्मनीको हल्ला चलाएको भन्दै चाडै नै भेट्ने बाचा गरेकी छिन् ।
यी दुइको स्टाटसको दोहोरीले पनि दुइविच सम्बन्ध सुमधुर भए जस्तो लाग्छ । दुई बर्षाको विर विक्रम २ र जात्रै जात्रा जेठको ३ गतेबाट रिलिज हुँदैछ ।








