किन नेपाल आए धिरज ? (भिडियो)
अभिनेता धिरज मगर बिहिबार बेलुका मात्र नेपाल आए । उनी नेपाल किन आए त ? उनको अहिले कुनै पनि फिल्मको छायांकन छैन । उनी, रेनशा वान्तवा राइको निर्देशनमा बन्ने नयाँ फिल्म आई एम ट्वान्टी वानमा मात्र काम गर्दैछन् ।

यो फिल्मको छायांकन हुन त समय लाग्छ । तर, पनि उनी नेपाल आए । उनी नेपाल आउनुको कारण रेनशा र निर्माता प्रज्ज्वल शमशेर जबराको बिहेको पार्टीमा सहभागी हुनु थिया्े । धिरज रेनशा र प्रज्ज्वलसँग नजिक छन् । नजिक भएका कारण नै उनले रेनशाको निम्तोलाई अस्विकार गर्न नसकेका हुन् ।
यसैले उनी बिहे भोजका लागि मात्र भएपनि नेपाल आए । उनले, आफू अब आई एम ट्वान्टी वानमा मात्र काम गर्न तयार भएको पनि बताए ।