फिल्म ‘काउसो’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । अर्नभ फिल्मस प्रोडक्सन प्रा.लि को प्रस्तुतिमा निर्माण भएको फिल्मको ट्रेलर शुक्रबार युट्युब मार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक फिल्म काउसोको ट्रेलरमा एक्सन र कमेडीलाई प्रस्तुत गरिएको छ ।

जेठ १७ गते बाट अलनेपाल सार्वजनिक प्रदर्शन हुने फिल्ममा सबिन श्रेष्ठ, अर्जुन गुरुङ, रमेश बुढाथोकी, रामचन्द्र अधिकारी, नबिन आचार्य, सुरेन्द्र चापागाई, सन्नी भट्टराई, सोनीका बास्तोला, उग्रसेन ढुंगाना, अनु पराजुली र बाल कलाकारमा असिम तिमल्सिना छन् ।

अर्नभ बस्नेत प्रस्तुतकर्ता रहेको फिल्मका राजेन्द्र बस्नेत, सिताराम तिमल्सिना ज्याक, भगवान खत्री निर्माता हुन् । फिल्ममा कथा तथा निर्देशन मदन घिमिरेको पटकथा र संबाद भोजराज देवकोटाका छ । बिकास चौधरीको संगीत, शंकर महर्जनको एक्सन र बिक्रम स्वारको कोरियोग्राफि छ । छायाँकनमा रामेश्वर हुमागाई, सम्पादनमा नबिन निरौला रहेका छन् । कार्यकारी निर्मातामा अन्चिला केसी रहेकी छिन् ।

For More videos Log on to Mazzako TV