अभिनेत्री सुहाना थापाको जन्मदिन केही दिन अघि पाँच तारे अन्नपूर्णमा मनाउँदै गर्दा नयाँ फिल्मको घोषणा हुने अपेक्षा थियो । नयाँ फिल्म ए मेरो हजुर ४ नै बन्ने अनुमान पनि लगाइएको थियो । तर, ए मेरो हजुर ४ मात्र होइन, कुनै पनि सिनेमा घोषणा भएन ।

निर्माता सुनिलकुमार थापा र निर्देशक झरना थापाले बनाउने नयाँ फिल्ममा सुहाना थापा नै हिरोइन हुनेछिन् । तर, अभिनेताको फाइनल नहुँदा सिनेमाको घोषणा हुन सकेन । अभिनेता अनमोल केसीसँग भागवत गीता बनाउने सोच यसको निर्माताको छ । ए मेरो हजुर ४ लाई चाडै नै घोषणा गरेर आउँदो बर्षको भदौमा रिलिज गर्ने सोच झरनाको छ ।

यो बर्षको अन्त्यमै रिलिज गर्ने योजना बनाएपनि प्रेमगीत ३ रिलिज हुने भएकाले यो मितिमा जुध्ने सोच यसका निर्माताको नभएको हो ।

For More videos Log on to Mazzako TV