गायक राज सिग्देल फरक शैलीका गीत गाउँछन् । उनले गाएका गीतमा पीडा बढी मिसिएको हुन्छ । उनै राज सिग्देलको आवाजमा समावेश ‘हिम्मत’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । वीवी थापाको शब्द रहेको गीतमा दिपक सिलवालको संगीत छ ।

यो गीतले एक यूवतीले माया जालमा फसाएर धोका दिएपछि केटाले पोखेको पीडालाई देखाउन खोजेको छ । यो गीतको भिडियोमा छायांकन, सम्पादन र निर्देशक जीवन रसाइलीको छ । भिडियोमा हरि खड्का, कल्पना गैरे र रविन लामिछानेलाई देख्न सकिन्छ ।

मोडल हरि रियल अष्ट्रेलियामा रियल स्टेट व्यापारमा सफल मानिन्छन् । भिडियोको छायांकन अष्ट्रेलियामा गरिएको हो ।

For More videos Log on to Mazzako TV