कस्तो बन्ला आमा ?
सूर्यमाला खनाललाई शिर्ष भूमिकामा राखेर निर्देशक दिपेन्द्र के खनालले आमा सिनेमाको घोषणा गरेका छन् । दिपेन्द्रले यो सिनेमालाई दर्शकले संझने कथामा बनाउने बताए ।

नेपालकै पहिलो सिनेमा आमाको एउटा इतिहास छ । यही इतिहासलाई फेरि पनि उनले नयाँ तरिकाले भन्ने कोशिश गरेका छन् । सिनेमामा सूर्यमालाको छोरीको भूमिकामा सुरक्षा पन्तलाई देख्न पाइनेछ । सिनेमालाई शर्मिला पाण्डेले निर्माण गर्दैछिन् ।
आफूले बर्षमा एउटा सिनेमा बनाउने र गहकिलो कथा उठाउने सोच बनाएकाले आमा बनाउन लागेको दिपेन्द्रले बताए । सिनेमाको कथाले दर्शकलाई हलबाट बाहिर आउँदा धेरै बेर सोच्न वाध्य पार्ने उनले बताए । यो सिनेमालाई फागूणको ९ गते रिलिज गर्ने तयारी समेत गरिएको छ ।
For More videos Log on to Mazzako TV