जेठको ३ गतेबाट रिलिज हुन लागेको फिल्म जात्रै जात्राको कथा सुनको वरिपरी घुमेको जस्तो लाग्छ । सिनेमाको ट्रेलरमा पनि सोही कुराको आभाष हुन्छ ।

तर, के सुनकै कथामा मात्र यो सिनेमा बनेको हो त ? सिनेमाका निर्देशक प्रदिप भट्टराइले सुनको कथामा मात्र सिनेमा नबनेको बताए । उनका अनुसार जात्राले पैसाको कारणले जेल गएका ३ पात्रको कथालाई भनेको थियो ।

अब, जात्रै जात्रामा पनि सोही पैसा देखाउँदा कथा अघि नबढ्ने भएकाले सुनको पनि एउटा प्लट बुनिएको हो । तर, सुनको कथामा मात्र यो सिनेमा नबनेको उनले बताए ।
सिनेमा भित्र अन्य थुप्रै सरप्राइजहरु पनि भएको प्रदिपले बताए ।

For More videos Log on to Mazzako TV