अभिनेत्री सुहाना थापाले २१ बर्षमा प्रवेश गरेसँगै आज जन्मदिन मनाउँदैछिन् । सुहानाको जन्मदिन दर्शकका लागि पनि विशेष छ । किनभने, सुहानाले पहिलो पटक यो चर्चाका विच जन्मदिन मनाउन लागेकी हुन् ।

मे ८ र वैशाख २६ गते जन्मिएकी सुहाना थापा निर्देशक तथा अभिनेत्री झरना थापाकी छोरी हुन् । सुहानाले फिल्म ए मेरो हजुर ३ बाट सिनेमा क्षेत्रमा पाइला राखेकी छिन् । तर, यो सिनेमाले नै बम्पर कमाई गरेपछि सुहानाको करिअर चर्चामा छ ।

सुहानाको फिल्मले कमाई मात्र गरेन, उनको अभिनयको सर्वत्र चर्चा पनि भयो । सुहानाले गरेको कामले पनि उनलाई अगाडि बढ्न मद्दत गरेको छ । सुहानाले ए मेरो हजुर ३ नचलेसम्म आफूले के गर्ने के नगर्ने निर्णय नगरेको बताइन् । अब भने आफूले सिनेमा क्षेत्रलाई नै करिअर बनाउने सुहानाको निर्णय छ ।

For More videos Log on to Mazzako TV