शुक्रबारदेखि रिलिज भएको दाल भात तरकारी फिल्मले मिश्रित प्रतिक्रिया पाइरहेको छ । मिश्रित प्रतिक्रिया पाइरहेको फिल्मलाई दर्शकले लाउड भनेका छन् । अभिनेत्री निरुता सिंहको भूमिकालाई लाउड भनिएको छ ।

फिल्मका कलाकार, निर्माता, लेखक हरिवंश आचार्यले गल्ती भएको स्विकार गरेका छन् । उनले, दर्शकलाई सिनेमाको बिषयमा बुझाउन नसक्दा गल्ती भएको स्विकार गरेका हुन् । सिनेमामा रंगमञ्चको स्वादलाई ल्याउन खोजिएको भन्दै हरिवंशले लाउड रंगमञ्चमा हुने र त्यसलाई फिल्ममा ल्याउन खोजिएको बताएका थिए ।

उनले यो कुरा सिनेमा चल्नु भन्दा अघि नै दर्शकलाई भन्नुपर्नेमा आफूहरुले नभनेको स्विकार गरेका छन् ।

For More videos Log on to Mazzako TV