ऐश्वर्य फिल्मका निर्देशक दिवाकर भट्टराई र अभिनेत्री दिपिका प्रसाईले बिहे गरेका छन् । उनीहरुले आज धनगढीमा बिहे गरेका हुन् । दिवाकर र दिपिकाले कोर्ट म्यारिज भने गरिसकेका थिए ।

उनीहरुले, आज पारिवारिक माहोलमा बिहे गरेका हुन् । सिन्धुली घर भएका दिवाकर दिपिकालाई लिनका लागि धनगढी पुगेका थिए । धनगढीमा उनीहरुले भव्य समारोहमा बिहे गरेका छन् ।

दिपिका र दिवाकरले प्रेम र कोर्ट म्यारिज स्विकार गरिसकेका थिए । उनीहरुले, बिहे धनगढीमा गरेपनि केही समयपछि फिल्मीकर्मीका लागि राजधानीमा पार्टीको आयोजना गर्दैछन् ।

For More videos Log on to Mazzako TV