उडायो सपना सबै हुरीले, तिम्रा लागि सारा जीवन तोडी दिए लगायतका दर्जनौ चर्चित गीतका गायक तथा सिनेमामा चर्चित कलाकार मुरलीधरको एकल साँझ अमेरिकाको कोलोराडोमा सम्पन्न भएको छ । नेपाली गीत संगीत र चलचित्र क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै मुरलीधरलाई सम्मान समेत गरियो ।

मुरलीधर एकल साँझमा मुरलीधरले आफ्ना नयाँ तथा पुराना गीतहरु प्रस्तुत गरेका थिए । उनलाई तबलाबादक नवीन श्रेष्ठ ,गितारिष्ट प्रभात मानन्धर र संगीतकार सुरेश चन्द्र प्रधान ले साथ दिएका थिए । कोलोराडोमा रहेका नेपाली तथा नेपालीभाषाी भुटानीहरुले मुरलीधरको सांगितिक साँझलाई निकै रुचाएको देखियो ।

संगीतप्रेमीहरुको बाक्लो उपस्थिती रहेको सो कार्यक्रमलाई दर्पण छायाँ २ का निर्माता तथा समाजसेवी रबि कार्कीले अयोजना गरेका थिए । निकै भब्यताको साथ सम्पन्न भएको कार्यक्रममा गीतकार एवं कोलोराडोका लागि पर्यटन दूत साबु गदाल कार्कीले अमेरिकामा नेपाली गीत संगीतको माहोल राम्रो हुनुले नयाँ पिढिका लागि पनि नेपाली भाषा र संस्कृति प्रति सकारात्मक प्रभाव परेको बताईन् ।

अमेरिका आएर प्रस्तुती दिन पाँउदा आफुलाई निकै खुशी लागेको गायक तथा अभिनेता मुरलीधरले मज्जाको टिभीलाई प्रतिक्रिया दिए ।

For More videos Log on to Mazzako TV