किन ‘दयारानी’ जेठ १० बाट साउन ३० मा पुग्यो ?
अभिनेता दयाहाङ राई स्टारर फिल्म ‘दयारानी’ ले रिलिज मिति परिर्वतन गरेको छ । जेठ १० गतेलाई प्रदर्शनको तयारी गरको दयारानीको रिलिज मिति पछि सरेर साउन ३० मा पुगेको हो । एक हप्ताको अन्तरमा दयाहाङको प्रमुख भूमिका रहेको दुई फिल्म प्रदर्शन हुने भएपछि ‘दयारानी’ को प्रदर्शन मिति केही समय पछाडि सारिएको निर्देशक माओत्से गुरुङले बताए ।

फिल्मले एक खराब श्रीमान र एक दयालु श्रीमतीको कथा वाचन गरेको बताइएको छ । सिनेमा आर्टस्को ब्यानरमा निर्माण भएको फिल्मको कथा निर्देशक गुरुङ स्वयम्ले लेखेका छन् । फिल्ममा दया र दीया पुनसंगै विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घलेलगायतका कलाकारहरुको अभिनय छ ।

फिल्मलाई शैलेन्द्र डि. कार्कीले खिचेका हुन् । यसमा रामबाबु गुरुङ र अपिल विष्ट कार्यकारी निर्मातामा छन् । लगानीमा मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्य छ ।
For More videos Log on to Mazzako TV