अभिनेता पल शाहको फिल्म १३ महिनापछि रिलिज हुँदैछ । शत्रु गतेमा अभिनय गरेपछि पलले नयाँ फिल्ममा काम गरेका थिएनन् । यसैले पनि पल अभिनित फिल्म जेठ ३ गते रिलिज हुँदैछ, नाम हो विर विक्रम २ । यो फिल्म पलका लागि विशेष छ ।

किनकी, १३ महिनाको ग्यापपछि हलमा आउन लागेकाले पनि दर्शकको अपेक्षा पल माथि छ । पललाई पनि लामो समयको ग्यापपछि हलमा आउँदा त्यो फिल्म चल्नु आवश्यक छ । पल शाह नेपालमा चलेका अभिनेता मानिन्छन् । उनको नाम अहिले यूवापुस्ताका उत्कृष्ट ३ अभिनेतामा आउँछ । यसैले पनि उनका लागि यो फिल्म चल्न आवश्यक छ ।

मिलन चाम्स निर्देशित यो फिल्ममा पलको साथमा बर्षा सिवाकोटी, नाजिर हुसेन, वुद्दि तामाङको मुख्य भूमिका छ ।

For More videos Log on to Mazzako TV