हनिमुन छोट्याएर किन आइन् बर्षा ?
अभिनेत्री बर्षा राउतले आफू हनिमुन छोटो बनाएर नेपाल आएको बताएकी छिन् । ३ साताको हनिमुन आफूले २ हप्तामा नै पुरा गरेर नेपाल आएको उनले बताएकी छिन् । अभिनेत्री राउत यूरोपमा हनिमुन मनाउन पुगेकी थिइन् । श्रीमान् संजोग कोइरालासँग यूरोप टुरमा पुगेकी उनी आइतबार नेपाल आएकी हुन् ।

अभिनेत्री बर्षा राउतले आफू सिनेमा जात्रै जात्राको प्रमोशनका लागि नेपाल चाडै आएको बताइन् । उनका अनुसार, विदेशमा रहँदा पनि आफूलाई जात्रै जात्राको प्रमोशनको चिन्ता लाग्ने गरेको बर्षाले बताइन् । अभिनेत्री राउतले जात्रै जात्रा अपाm्ना लागि विशेष फिल्म भएको पनि स्पष्ट पारेकी छिन् । अभिनेत्री बर्षाले हनिमुनमा पुग्दा आफू मोटाएको समेत जवाफ दिइन् ।
For More videos Log on to Mazzako TV







