अभिनेता दयाहाङ राइले जात्रै जात्रा हेर्न जाने दर्शकलाई अपेक्षा नलिएर जान भनेका छन् । दर्शकलाई उनले अपेक्षा धेरै लिदा त्यो भेट हुन नसक्ने र यसले निराशा बढाउने भन्दै अपेक्षा कम लिन आग्रह गरेका हुन् ।

उनले दर्शकलाई अपेक्षा कम, सोच धेरै लिनका लागि आग्रह गरे । दयाले सिनेमा जात्रा भन्दा जात्रै जात्रा फरक तरिकाले बनेको भन्दै जात्रा भन्दा कती राम्रो होला भनेर नसोच्न दर्शकलाई आग्रह गरे । सिनेमाको बिषयमा कम अपेक्षा गर्दा दर्शक निराश हुन नपर्ने उनको भनाई छ । प्रदिप भट्टराइले निर्देशन गरेको यो फिल्म जेठको ३ गतेबाट रिलिज हुँदैछ ।

सिनेमा जात्रै जात्रामा दयाको अलवा विपिन कार्की, बर्षा राउत, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, राजाराम पौडेलको मुख्य भूमिका छ ।

For More videos Log on to Mazzako TV