गंगा गजमेरको ‘झुमी झुमी’ सार्वजनिक (भिडियो)
पछिल्लो समय एकपछि अर्काे गीत ल्याउँदै आएकी गायिका गंगा गजमेरको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गंगाको स्वर रहेको ‘झुमी झुमी’ बोलको गीत हालै युट्युब मार्फत सार्वजनिक भएको हो । राजु थापाको शब्द र संगीत रहेको गीतमो संगीत संयोजन गोपाल रसाइलीले गरेका हुन् ।

सार्वजनिक गीत ‘स्वरादि’ एल्बममा समाबेश छ । यो ‘झुमी झुमी’ बोलको गीत करिब अढाई बर्ष अघि रेकर्ड भएको थियो । गीतलाई हाल म्युजिक भिडियो निर्माण गरि रिलिज गरिएको हो । गीतको म्युजिक भिडियोलाइ जेबिआर सनमले निर्देशन गरेका छन् ।
म्युजिक भिडियोमा नायिका तथा मोडल रेखा लिम्बु, आर एन बिनोद लामिछाने र सुजिता भट्टको अभिनय रहेको छ । भिडियोलाई रेश्म दर्लामीले छायङ्कन गरेका छन् भने हिरा भुजेलले नृत्य निर्देशन गरेका छन् । पप आधुनिक बिधामा रहेको गीतको म्युजिक भिडियोमा त्रिकोणात्मक प्रेमलाई प्रस्तुत गर्न खोजीएको छ । म्युजिक भिडियो निकै मज्जाको बनेको छ ।








