पल, वर्षा र नाजिर, बुद्धिको मोफसलमा देखियो मज्जाको क्रेज

फिल्म ‘बीर विक्रम २’ निर्माण टिम मोफसल यात्रामा छ । पल शाह, वर्षा सिवाकोटी र नाजिर हुसेन स्टारर फिल्म जेठ ३ गतेबाट प्रदर्शनमा आउन आउँदै छ । फिल्म ‘बीर विक्रम २’ को निर्माण टिमले शुक्रबार पोखरा र शनिबार चितवनमा कन्सर्ट सम्पन्न गरेको छ ।

पोखरा र चितवनमा कन्सर्ट सकेर टिम आइतबार काठमाण्डौ फर्किएको छ । पोखरा र चितवनमा आयोजित कन्सर्टमा फिल्मका मुख्य कलाकारहरु पल शाह, बर्षा सिवाकोटी, नाजिर हुसेन, बुद्धि तामाङ, बाल कलाकार मनिष, गायक दिपक लिम्बुको सहभागीता रहेको थियो ।

पोखरा र चितवनमा आयोजित कन्सर्टमा फिल्मका मुख्य कलाकारहरुले ‘पिरतीको मिठो तिर्सना’ बोलको गीतमा नृत्य गरेका थिए । मोफसलका दुई शहरमा निमार्ण टिमले कन्सर्ट का साथै पत्रकार भेटघाट कार्यक्रको समेत आयोजना गरेको थियो ।

उक्त कार्यक्रममा बोल्दै ‘विर विक्रम २’का निर्देशक मिलन चाम्सले नेपाली फिल्मको गुणस्तर बढ्दै जादा हलमा दर्शकको उपस्थिती समेत बढेको सुनाए । मोफसलमा फिल्मका कलाकारको मज्जाको क्रेज देखिएको छ ।
For More videos Log on to Mazzako TV







