‘भूइँफूल’ निर्माण हुने
फिल्म ‘भूइँफूल’ निर्माण हुने भएको छ । आइतवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै शुभ मुहूर्त गरिएको हो । फिल्म नेत्र छन्त्यालको निर्देशनमा निर्माण हुनेछ । तराईमा बसोबास गर्न आएका द्वन्द्वकालका विस्थापितहरुको वरिपरी फिल्मको कथा घुम्ने छ । साथै दलित समुदायमा हुने उतारचढाव तथा राज्यले गरेको विभेदमाथिको कथालाई फिल्ममा उतारिएको बताइएको छ ।

सदाबहार अभिनेत्री करिश्मा मानन्धरले फिल्मको मुहूर्त गरेकी हुन् । सरिता राई प्रस्तुतकर्ता रहेको फिल्मको छायांकन यही बैशाख २५ गतेबाट सुरु हुँदैछ । काठमाडौं, धरान र झापामा छायांकन हुने फिल्मलाई रामेश्वर हुमागाइँले खिच्नेछन् ।

विनय पौडेलले निर्देशक नेत्रलाई निर्देशनमा सघाउनेछन् । फिल्मको कथा पनि निर्देशक स्वयंको हो । उर्मिला वान्तवा राईको लगानीमा निर्माण हुने फिल्ममा गोविन्द प्रभात, नरेन खड्का, तुलसा थापा, दीपेन्द्र दनौल, चन्दा राईलगायतका कलाकारहरुको अभिनय रहनेछ ।
For More videos Log on to Mazzako TV