असार २० गते रिलिज हुने फिल्म ‘सानो मन’ को पहिलो गीत सार्वजनिक भएको छ । आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ‘रानु कम्मर’ बोलको गीत सार्वजनिक गरिएको हो । भिडियोमा बलिउड सुपरस्टार सलमान खानका पर्सनल डान्स ट्रेनर साजन सिंहले कोरियोग्राफी गरेका छन् । भिडियोमा अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्के प्रस्तुत छन् । भिडियोमा फिल्मका अन्य कलाकारहरु गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलाई पनि देख्न सकिन्छ ।

कल्याण सिंह र रोमन बज्रचार्यको संगीत रहेको गीतमा रोमनलाई सिमा राई र सुयोग गुरुङले गायनमा साथ दिएका छन् । गीतका सर्जक रोमन र रवि मल्ल हुन् । फिल्मको निर्देशन सुयोग गुरुङले गरेका हुन् । उनको यो डेब्यू निर्देशित फिल्म हो । फिल्मको कथा समिर सुनवार र निर्देशक गुरुङले लेखेका हुन् ।

फिल्मका निर्माताहरू योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के. मित्तल र राजेन्द्र मानन्धर हुन् । यसमा आलोक शुक्लाले छायांकन छ । ओ.पि.जी फिल्मस् ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा फिल्म बनेको हो । सुयोग गुरुङ र मिलन श्रेष्ठले मिलेर फिल्म सम्पादन गरिरहेका छन् ।

For More videos Log on to Mazzako TV