दाल भात तरकारीको व्यापार कस्तो ?
शुक्रबारदेखि रिलिजमा आएको सिनेमा दाल भात तरकारीले २ दिन बम्पर कारोबार गरेको छ । सिनेमाका वितरकहरुले यो व्यापारलाई बम्पर भनेका छन् । सिनेमाले २ दिनमा १ करोड भन्दा बढी ग्रस कलेक्शन गरेको बताइएको छ । शनिबार सिनेमाले देशभर ७० लाख भन्दा माथिको व्यापार गरेको वुझिएको छ ।

वितरक गोपाल कायस्थका अनुसार सिनेमाले देशैभर बम्पर कारोबार गर्यो । सिनेमाले सिंगल हलसँगै मल्टिप्लेक्समा पनि राम्रो कमाई गरेको छ । सुदन केसीको निर्देशनमा तयार भएको यो फिल्मलाई मह संचारले निर्माण गरेको हो । फिल्मका निर्माता किरण केसी हुन् । फिल्ममा हरिवंश आचार्य, निरुता सिंह, आँचल शर्मा, बर्षा राउत, पुष्प खड्काको मुख्य भूमिका छ ।
सिनेमाको वर्थ अफ माउथ भने खासै गतिलो छैन । सिनेमाले विदेश र डिजिटल राइट्स र विज्ञापनबाट नै फाइदा उठाइसकेको छ ।








